काठमाडौं । डिल्लीबजारस्थित निक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो तेर्हौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा यही असोज ३ गते बुधबार सम्पन्न सभाले आर्थिक वर्ष २०७९/०८० को संचित मुनाफाबाट शेयर सदस्यहरुलाई चुक्ता पुँजीको १० प्रतिशत लाभांश प्रदान गरेको छ।

साधारणसभाले आगामी ४ वर्षको कार्यकालको लागि पुनः युवराज अधिकारीको अध्यक्षतामा नयाँ संचालक समितिको सर्वसम्मत चयन गरेको छ।
नयाँ संचालक समितिको उपाध्यक्षमा अच्युतराज पराजुली , कोषााध्यक्षमा होम बहादुर बानियाँ , सचिवमा मिना कुमारी निरौला , सदस्यहरुमा कल्पना के.सि. , ओमकार तिमल्सिना र गोविन्द प्रसाद ढकाल रहेका छन ।
त्यस्तै, लेखा समितिको संयोजकमा गोकर्ण प्रसाद पोखरेल र सदस्यहरुमा दिल कृष्ण प्रजापती र शम्भु प्रसाद पोखरेल निर्वाचित भएका छन ।
साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend