सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

पाणिनि बचतको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न

पाणिनि बचतको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, असोज १ गते । पाणिनि बचत तथा ऋण सहकारी संस्था लि. बागबजार काठमाडौंको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार सुकेधारा काठमाडौंमा सम्पन्न भएको सो साधारण सभामा संस्थाका अध्यक्ष शेषनारायण पोखरेलद्वारा प्रस्तुत आ.व. २०७९÷०८० को संस्थाको वार्षिक प्रतिवेदन पारित भएको छ भने साधारण सभाले आ.व. २०७९÷०८० को आय÷व्यय तथा आ.व. २०८०÷०८१ को बजेट सम्बन्ध, लेखा समितिको प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन आ.व. २०७९÷०८०, आ.व. २०८०÷०८१ को लेखा परिक्षक नियुक्ती सम्बन्ध, संचालक समितिको निर्णय सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्ध लगायत विषयमा छलफल गरि चालु आ.व. २०८०÷०८१ को लागि पारित गरेको छ । त्यसैगरि संस्थाको चालु आ.व. मा संस्थाको शेयर पूँजी ५ करोड २६ लाख ८८ हजार ४ सय रुपैयाँको भएको छ भने बचत÷निक्षेप २२ करोड ७८ लाख ६३ हजार ३ सय ४४ रुपैयाँको भएको छ । संस्थाले आ.व. २०८० असार मसान्तसम्म ९१ लाख ६४ हजार २ सय ७४ रुपैयाँ ६२ पैसा खुद नाफा गरेको छ । त्यसैगरि चालु आ.व.मा संस्थाले ३१ करोड ९३ लाख ३ सय ६९ रुपैयाँ ५५ पैसाको कूल कारोवार गरेको छ । वरिष्ठ सँस्कृतिविद डा. जगमान गुरुङ प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा पाणिनि गाउँपालिकाका प्रमुख टेकराज न्यौपाने विशेष अतिथि रहनुभएको थियो । कार्यक्रममा समाजमा योगदान गर्नुहुने विभिन्न जेष्ठ नागरिकहरुलाई विशेष सम्मान गरिएको थियो भने संस्थाका कर्मचारीहरुलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष शेषनारयण पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend