३१ भदौ ,काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले बीमितको आवश्यकता बुझेर बीमा कम्पनीहरुले आफ्ना सेवा प्रवाह गर्दा प्रभावकारी हुनेमा समेत जोड दिएका हुन् ।उनले बीमा क्षेत्रमा डिजिटल प्राविधिको मागको साथसाथै प्रयोग समेत बढ्न थालेको बताएका छन् ।
यही भदौ २९ गते मेट लाइफ इन्स्योरेन्सले वान नाम गरेको नयाँ मोबाईल एप सार्वजनिक अध्यक्ष सिलवालले मेट लाइफ इन्स्योरेन्सले ल्याएको सेवा बीमित मैत्री रहेको बताएका हुन । सोही एपको शुभारम्भमा बोल्दै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले प्रविधिले एकातिर बीमितलाई सजिलो बनाउँने र अर्कोतिर बीमाको पहुँच पनि बढाउने बताएका हुन् ।
उनले मेट लाइफको वान एपको माध्यमबाट बीमितहरुका विभिन्न जिज्ञासाहरुको समाधान हुने सुनाए । कार्यक्रममा मानव स्वास्थ्यको महत्वमा प्रकाश पार्दै बीमाले मानव जीवनमा पुर्याउने योगदानमा समेत चर्चा गरिएको थियो ।
आगामी दिनमा बीमा कम्पनीहरुले विगतको जस्तो अर्काको बीमालेखको नक्कल गर्ने भन्दा पनि बैंकहरुले जस्तै रचनात्मक भए नयाँ योजनाहरु ल्याउनु पर्ने पनि बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend