काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सुनिल पन्त चयन भएका छन् । भदौ २२ गते शुक्रबार सम्पन्न २७ र २८ औं वार्षिक साधारण सभाबाट आईसीएफसी फाइनान्सका सीईओ पन्त अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यसैगरी संघको प्रथम उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ र द्वित्तीय उपाध्यक्षमा सेन्ट्रल फाइनान्सका सीईओ राजोजमान श्रेष्ठ चयन भएका छन् भने, महासचिवमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया र कोषाध्यक्षमा मन्जुश्री फाइनान्सका सीईओ नारायण सुवेदी चयन भएका छन् ।
यस्तै, संघको सदस्यमा प्रोग्रेशिभ फाइनान्सका सीईओ अनिल श्रेष्ठ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सीईओ लिलामणि न्यौपाने, गोर्खाज फाइनान्सका सीईओ सन्तोष कुमार घिमिरे, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सका सीईओ राजेश कुमार श्रेष्ठ, मल्टीपर्पस फाइनान्सका सीईओ रजनीश कुमार सिंह र जानकी फाइनान्सका सीईओ दिनेश कुमार शर्मा चयन भएका छन् ।
सदस्यहरुमा प्रोग्रेसिभ फाइनान्सका अनिल श्रेष्ठ, श्रीइन्भेष्टमेन्ट एण्ड फाइनान्सका लिलामणि न्यौपाने, गोर्खाज फाइनान्सका सन्तोषकुमार घिमिरे, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सका राजेशकुमार श्रेष्ठ, मल्टिपर्पस फाइनान्सका रजनीश कुमार सिंह र जानकी फाइनान्सका दिनेशकुमार शर्मा रहेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend