काठमाडौं , २४ भदौ । पेट्रोलियम व्यवसायीहरूको हकहितको लागि ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ नामक नयाँ संस्थाको विधिवत स्थापना भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा यो कुराको जानकारी दिइएको हो।
आम उपभोक्ताहरूको दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमका देशभरका आधिकारीक बिक्रेताहरुको छाता संगठन ‘नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन’ बाट व्यवसायीहरुको हकहितमा काम हुन नसकेपछि नयाँ संस्थाको स्थापना गर्नुपरेको पेट्रोलियम व्यवसायी संघ नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र गुप्ताले बताए ।

देशका विद्यमान ऐन कानूनको अधिनमा रहि पेट्रोलियम पदार्थको कारोवार गर्दा व्यवसायीहरूले नियमनकारी निकायहरुवाट लिनुपर्ने जाचपास, वार्षिक नविकरण तथा ट्याङकर तथा ट्रकहरुको नापतौल लगायतका काममा संस्थाले सदस्यहरुको हितमा काम गर्नु पर्ने थियो। तर त्यो काम हुन नसकेको हुनाले यो संस्थाको स्थापना गर्नुपरेको उनले बताए । संस्थागत हिसाबले निर्णय लिदा व्यवसायीहरु आफै धाउनुपर्ने कुराको अन्त्य हुने विषयमा पनि व्यवसायीहरुको हितमा खोलिएका संस्थाले विभिन्न शिर्षकमा रकम असुली, असुलेको रकमको हर हिसाब पारदर्शि नगर्ने गर्न थालेपछि ह पटक-पटक सुधार गर्न र व्यवसायीहरुका हकहितमा काम गर्न अनुरोध गर्दा पनि हुननसकेको उनले बताए ।
यस नयाँ संस्थाले व्यवसायीक रूपमा सदस्यहरुको हितमा काम गर्ने संस्थापकहरुले दाबी गरेका छन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend