सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

नेपाल महिला चेम्बरको आयोजनामा तीज मेला सम्पन्न

नेपाल महिला चेम्बरको आयोजनामा तीज मेला सम्पन्न

काठमाडौं,भदौ २४ गते । नेपाल महिला चेम्बरद्वारा तीजलाई लक्षित गरी ट्रेड सो तीज स्पेसल २०२३ को आयोजना गरिएको छ । मेलाको समुद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरेका थिए ।

उद्घाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्बर महिलाहरूको सर्वागिंण विकासको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरूको उद्यमशीलताको विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा महिलाहरूको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे ।

महिलाहरू आर्थिक रूपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने भन्दै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्बरलाई धन्यवाद व्यक्त गरे ।

सो अवसरमा लोकप्रिय गायिका रेखा शाह, नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारीलगायत चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, दीपक मल्होत्रा तथा दीपक श्रेष्ठले मेलाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend