काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले देशको समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको दाबी गरेका छन् । सांसदहरुले उठाएका प्रश्नको भदौ २१ गते संसदमा जवाफ दिदैँ उनले नेपालको शेयर मार्केटमा पनि विस्तारै सुधार हुने बताए ।
सांसद प्रेम सुवालले शेयर लगानीबारे सोधेको प्रश्नको जवाफमा अर्थमन्त्री महतले सबै नागरिकलाई जुन सुकै क्षेत्रमा लगानी गर्न अधिकार रहेको भन्दै त्यसलाई रोक्न नसकिने तर व्यवस्थित गर्न प्रयास भइरहेको तर्क गरे । पछिल्लो समय विस्तारै अर्थतन्त्रमा सुधार हुदै गएको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको बताए ।
‘अहिले समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालेका छन् । पर्यटक आगमनको कारणले होटल रेष्टुरेन्ट सेवा क्षेत्रमा पनि सकरात्मक प्रभाव पर्न थालेको छ । हाम्रो बजेट खर्च हुन थालेको छ । त्यसले पनि सकरात्मक प्रभाव परेको छ , उनले भने ,‘ हाम्रो अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान भएपछि शेयर मार्केट पनि चलायमान हुन्छ । ’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend