भक्तपुर । अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेडको हालै सम्पन्न २६औं साधारणसभाले श्यामसुन्दर बस्नेतलाई अध्यक्ष निर्वाचित गरेको छ। संस्थाको साधारणसभा यही भदौ १६ गते शनिबार संगम पार्टी प्यालेस गठ्ठाघर , भक्तपुरमा सम्पन्न भएको हो।

निवर्तमान अध्यक्ष देवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले आगामी चार वर्षको कार्यकालको लागि श्यामसुन्दर बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समितिको निर्विरोध चयन गरेको हो। नयाँ संचालक समितिको उपाध्यक्षमा गोपाल कुमार सिंह राजपुत , सचिवमा राजन प्रसाद पराजुली , कोषाध्यक्षमा मिरा कुमारी भट्टराई उप्रेती रहेका छन । सदस्यहरुमा अन्जु तामाङ, माधव प्रसाद अधिकारी, दिलिप केसी, जयचन्द्र लामा, मनिता शर्मा,बलराम सापकोटा र तोपनाथ सापकोटा रहेका छ ।
सभाले लेखा सुपरिवेक्षण समितिमा संयोजकमा सुनिल पराजुली तथा सदस्य श्याम लाल श्रेष्ठ र तोप प्रसाद सापकोटा समेत सर्वसम्मत चयन गरेको छ ।
सदस्यहरुसङ्ग अन्तर्क्रिया सहित सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को संस्थाको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। सभाले वासलात, लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरणहरु पनि पारित गरेको छ।
त्यस्तै , सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित नीति तथा कार्यक्रमको अनुमोदन गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend