शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

लक्ष्मीनारायण सहकारीले प्रदान गर्‍यो १७.५% लाभांश

लक्ष्मीनारायण सहकारीले प्रदान गर्‍यो १७.५% लाभांश

काठमाडौं । लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभाले आफ्ना सदस्यहरुलाई १७.५% लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। साधारणसभा यही भदौ १६ गते शनिबार गणेश हिमाल मा.वि. मूलपानीमा सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष शंकर थापाको अध्यक्षता र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट उक्त लाभांश प्रदान गरेको हो।

सदस्यहरुसङ्ग अन्तर्क्रिया सहित सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को संस्थाको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। सभाले वासलात, लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरणहरु पनि पारित गरेको छ।

त्यस्तै , सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित नीति तथा कार्यक्रमको अनुमोदन गरेको छ।

समिक्षा आर्थिक वर्षमा आफ्ना १८८७ सदस्यहरुबाट रु. ३ करोड ३३ लाख ९९ हजार ५ सय शेयरपूँजि रहेको संस्थाले यस अवधिमा रु.१८ करोड ५० लाख ६० हजार ६ सय ३३ निक्षेप संकलन गरि रु. १ करोड ८० लाख ७३ हजार ८ सय ४७ खुद मुनाफा आर्जन गरेको जनाएको छ। आगामी वर्ष संस्थाले कुल चुक्ता पूँजी र सदस्य संख्या पल्स रिपोर्ट बमोजिम वृद्धि गर्दै जाने लक्ष्य राखेको छ।

संस्थाका सचिव पुष्करराज नेपालले झलक आर्थिक मन्दी र अन्य अप्ठ्यारो परिस्थितिमा पनि सदस्यहरुको विश्वास र सहकारी संचालनमा एेन , नियमको पालना गरिएको कारण संकट सामना गर्न सकेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend