खबरब्रेकिंग,काठमाडौं, भदौ १८ गते । सरकारले वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव हेरफेर गरेको छ । मन्त्रिपरिषद्को बैठकले वन मन्त्रालयका सचिव डा रेवतीरमण पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपककुमार खराललाई वन तथा वातावरण मन्त्रालयको सचिवमा सरुवा गरेको छ। खराल वनतर्फको तथा पौडेल कृषितर्फका कर्मचारी हुन् । वन मन्त्रालयमा सरुवा भएका सचिव खरालले आजैबाट जिम्मेवारी सम्हालेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend