शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

“वर्डक्याम्प काठमाडौं २०२३ ” भदौ २२ र २३ गते

“वर्डक्याम्प काठमाडौं २०२३ ” भदौ २२ र २३ गते

काठमाडौं , १८ भदौ । वर्डप्रेस नेपालले यही भदौ २२ र २३ गते “वर्डक्याम्प काठमाडौं २०२३ ” को आयोजना गर्ने भएको छ।

वर्डप्रेसका प्रयोगकर्ताहरु,वर्डप्रेस विशेषज्ञहरु, वर्डप्रेस जान्न उत्सुकहरु तथा कम्पनीहरुबिच सहकार्य ,शिक्षा र नेटवर्किङ्गको महत्त्वपूर्ण माध्यमको रूपमा रहने २ दिने कार्यशाला काठमाडौंको गैरिधारास्थित एलिस रिसेप्सन्समा आयोजना गरिने आयोजक वर्डप्रेस नेपाल कम्युनिटीका संयोजक सुवास खडकाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

सामान्य प्रयोगकर्ताहरुदेखी मूल डेभलपरहरुको लागि जानकारी र विशेषज्ञता आदानप्रदान गर्ने अवसर कार्यशालाले प्रदान गर्ने संयोजक खडकाले बताए । वर्डक्याम्प काठमाडौं २०२३ ले सहभागीहरुलाई Open Source Platform मा  जोडीन र अनुभव साट्न विशेष अवसर प्रदान गर्ने उनले जनाए ।

नेपालमा वर्डप्रेस कम्युनिटीले २०१२ देखि निरन्तर आयोजना गर्दै आएको वर्डक्याम्पमा यसपटक WP Chautari , Photo Contest , Panal Discussion लगायतका नयाँ कार्यक्रम समावेश गरिने आयोजकले जानकारी दिएका छन । पहिलो दिन अर्थात भदौ २२ गते रहेको Contributer Day मा सहभागीहरुले Word Press Ecosystem आफुलाई कसरी स्थापित गर्ने , नयाँ कुरा कसरी सिक्ने जस्ता अवसर पाउनेछन भने  दोस्रो दिन अर्थात भदौ २३ गते प्रमुख कार्यक्रमका सत्रहरु राखिएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend