ललितपुर । प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका सम्पर्क कार्यालय तथा निवासको लागि ललितपुरमा आलिशान महलहरु निर्माण सम्पन्न गरिएको छ। सात वटै प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि करिब १ अर्बको लागतमा भव्य निवासहरु तयार पारिएको हो।

ललितपुर महानगरको भैंसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ १० गते उद्घाटन गर्दै भवनको साँचो प्रदेश प्रमुख र मुख्य मन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास अवलोकन समेत गरे ।
८५ करोडको लागतमा निर्माण भएको आवास भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि छुट्टाछुट्टै ब्लक निर्माण गरिएको छ । २७ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको जग्गामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि आलिशान निवास तयार पारिएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend