शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

अपर तामाकाेशी हाइड्राेपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न

अपर तामाकाेशी हाइड्राेपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । अपर तामाकाेशी हाइड्राेपावर लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशनक कुलमान घिसिङको अध्यक्षतामा कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभा भदाै ६ गते, बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिएको हो।

साधारण सभाले आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। सभाले लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा/ नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तनलाई पनि सर्वसम्मत रुपमा पारित गर्यो।

सभाले लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्नुका साथै निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गर्यो। लेखा परीक्षकको रुपमा चार्टर्ड एकाउन्टेन्टहरु अनिल पौडेल र उमेश राज पाण्डेलाई नियुक्त गर्दै  पारिश्रमिक २,८२,५०० रुपैया प्रत्येकलाई  दिने निर्णय गर्यो।

सभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरू लगायत अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आ.व. २०७८ / ७९ मा आर्थिक सहयोग ६ लाख ६ हजार ३०० उपलब्ध गराइएको रकम अनुमोदन पनि गरेको थियो।

कम्पनीले साधारण सभा प्रयाेजनका लागि साउन २६ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे थियो । त्यसैले, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका सेयरधनीहरूले साधारण सभामा भाग लिएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend