चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले देशलाई समृद्ध बनाउनका लागी नेपालमा अभियानको खाचो रहेको बताएका छन् । चितवन पारस नगरमा सहीद स्मृति माबिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रण्डले अब आफनो पार्टीले यो अभियानको सुरुवात गर्ने समेत बताए । उनले केही महिना पछि तुरुन्तै अभियान चलाउने र देशभरी जनतालाई र पार्टीका नेता तथा कार्यकर्तालाई साथै अन्य राजनीतिक दलहरुलाई पनि समृद्धिको यात्रामा सँगसँगै सहभागी गराउने तिर योजना बनाउन लागेको बताए । अध्यक्ष प्रचण्डले विद्यालय शिक्षा बेरोजगार पैदा गर्ने नहोस् भनेर सरकारले प्राविधिक र व्यवसायिक शिक्षालाई प्राथमिकता दिदै जाने प्रक्रियामा रहेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend