शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सुप्रिम बचत तथा ऋण सहकारीको १३औं साधारणसभा सम्पन्न

सुप्रिम बचत तथा ऋण सहकारीको १३औं साधारणसभा सम्पन्न

ललितपुर । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष शिवदीप लोहनीको अध्यक्षतामा यही साउन २७ गते मुख्य कार्यालय ,महालक्ष्मीस्थान ,ललितपुरमा साधारणसभा आयोजना गरिएको हो।

सदस्यहरुसङ्ग अन्तर्क्रिया सहित सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को संस्थाको वार्षिक प्रतिवेदन , वासलात, लेखापरीक्षण प्रतिवेदन र नगदप्रवाह विवरणहरु पारित गरेको छ।

त्यस्तै , सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित नीति तथा कार्यक्रमको अनुमोदन गरेको छ।

समिक्षा आर्थिक वर्षमा आफ्ना १०१६ जना सदस्यहरुबाट रु. ५ करोड २४ लाख शेयरपूँजि रहेको संस्थाले यस अवधिमा रु. २७ करोड ०९ लाख १३ हजार ८ सय ७३ निक्षेप संकलन गरि रु. ४ करोड ७३ लाख ४७ हजार ७९९ कूल आम्दानी गरेको जनाएको छ।

महालक्ष्मीस्थानस्थित आफ्नै स्वामित्वको भवनबाट संचालित सुप्रिम सहकारीको काठमाडौं जिल्लाको बत्तिसपुतलि र भक्तपुर जिल्लाको कौशलटारमा सेवाकेन्द्रहरु रहेका छन् । सदस्यहरुको सहजताको लागि विभिन्न बचत र कर्जा सुविधाहरुका साथै मोबाइल बैङ्किङ्ग लगायतका उच्चस्तरीय प्रविधियुक्त धेरै विद्युतीय सेवा र सुविधाहरु प्रदान गरिरहेको सहकारीले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend