खबरब्रेकिंग,काठमाडौँ, साउन २९ गते । उद्योग तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल सरकारले प्रत्येक नागरिकलाई खाद्य बस्तुको अभाबमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने गरी सुनिश्चित गरिएको बताएका छन् ।
आइतबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चौथो वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले संविधानले खाद्य व्यवस्था सम्बन्धी हकलाई मौलिक हकको रुपमा लिएसँगै जसअन्तर्गत प्रत्येक नागरिकलाई खाद्य बस्तुको अभाबमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षितको सुनिश्चित गरिएको बताएका हुन् ।
उनले भने,नेपालको संविधानले खाद्य व्यवस्था सम्बन्धी हकलाई मौलिक हकको रुपमा लिएको छ, जसअन्तर्गत प्रत्येक नागरीकलाई खाद्य बस्तुको अभाबमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने कुरा सुनिश्चित गरीएको छ ।’
उनले नीजी क्षेत्रले सेवा पुर्याउन नसकेका दुर्गम क्षेत्रमा खाद्ययन्न अनपूर्ति गर्ने र खाद्य बस्तुको मूल्य बृद्धि नियन्त्रण गर्ने मूल्य स्थिरता कायम गर्ने कुरामा कम्पनी सँधै अगाडी बढ्छ भन्ने विश्वास व्यक्त गरे ।
उनले भने,‘खाद्य सुरक्षाको प्रत्याभूति हुने गरी बजारमा खाद्य बस्तुको मूल्य बृद्धि नियन्त्रण गर्ने मूल्य स्थिरता कायम गर्ने आफ्नो सेवा व्यापार विविधिकरण गर्ने आर्थिक अनुशासन कायम गर्ने कुरामा कम्पनी सँधै अगाडी बढ्छ भन्ने विश्वास लिएको छु ।’
मन्त्री रिजालले कम्पनीले सञ्चालन गर्ने उपयोगी र व्यवहारिक क्रियाकलापमा सरकारले सदैव सकारात्मक सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यसै गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अध्यक्ष मधुकुमार मरासिनीले न्यूनतम खाद्य भण्डारण गर्न कम्पनी असफल भएको बताए का छन् । उनले राष्ट्रिय खाद्य भण्डारणको मापदण्डअनुरुप खाद्ययवस्तु भण्डारण गर्न निर्देशन दिएका छन् ।
सचिव मरासिनीले कम्पनीले दायित्व पूरा नगरेको तथा आवश्यक न्यूनतम खाद्य वस्तुसमेत भण्डारण गर्न नसकेकोमा गुनासो गरे ।
उनले भने, ‘सार्क र राष्ट्रिय खाद्य सुरक्षा भण्डारणमा न्यूनतम तहको खाद्यान्न डिपोजिट हुनुपर्छ, तपाईहरू त्यसमा फेल भैरहनु भएको छ, खै त्यो न्यूनतम लेवलको खाद्य सुरक्षा रु त्यो राख्नु पर्यो ।’
उनले विश्वभर खाद्य समस्या सबैभन्दा मुद्दाको रुपमा रहेको भन्दै खाद्य सुरक्षा कायम गर्न कम्पनीले वार्षिक लक्ष्य नै तय गरेर न्यूनतम तहमा राखिनु पर्ने खाद्य वस्तुको भण्डारण्न गर्न आग्रह गरे ।
सरकारले भनेको काम गर्नमा दुविधा नगर्न आग्रह गर्दै मरासिनीले कम्पनीका कर्मचारीले आवश्यक लक्ष्य अनुसारको कामसमेत नगरी भक्ताको गुनासो गर्दै हिँडेको प्रति भने आक्रोस व्यक्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend