सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रास्वपा ईमानदार र कर्तव्यनिष्ठ मानिसहरुको पार्टी हो: सभापति लामिछाने

रास्वपा ईमानदार र कर्तव्यनिष्ठ मानिसहरुको पार्टी हो: सभापति लामिछाने

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना नेता कार्यकर्ताहरूलाई इमानदारिता कायम गरिराख्न आग्रह गरेका छन ।

यही साउन १९ गते रास्वपाको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले इमानदार भएर काम गर्ने कार्यकर्ताहरू पार्टीमा आवश्यक रहेको बताउँदै त्यो बाट विचलित भए आफै बाटो छोड्न सुझाव दिएका हुन् । पुराना राजनैतिक दलहरूबाट रास्वपामा प्रवेश गर्दा त्यहाँको गलत आदत भित्र्याउन नहुनेमा चनाखो हुनुपर्ने उनले बताएका छन ।उनले पार्टी भित्रैदेखि बलियो र मजबुत हुनुपर्नेमा जोड दिएका थिए ।

आगामी चार बर्ष प्रतिबद्ध भएर र स्वार्थ भन्दा माथि उठेर काम गर्न पनि लामिछानेले सुझाव दिएका थिए । नत्र ठुलो निराशा आउने उनको बुझाइ थियो ।

उनले केही समय अघि विदेशमा भएका नेपालीहरूलाई स्वदेशमा काम गर्ने अवसर दिएको बिषयमा टिप्पणी भइरहेको उल्लेख गर्दै अहिले सम्म ३ सयले नेपाल फर्किन आवेदन दिएको समेत जानकारी दिए ।लामिछानेले आफू र आफ्नो पार्टी शिक्षा र स्वास्थ्यको सुधारमा लागिरहेको बताए ।

‘यो देशमा सबैको स्वास्थ्यमा पहुँच बनाउन राजनीतिमा लागेका हौँ । शिक्षा नीतिका कारण विश्व बजारमा हाम्रा विद्यार्थी प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्’, उनले भने, ‘प्रविधिसँग शिक्षालाई जोड्नु छ । त्यसका लागि हामी सङ्घर्ष गरिरहेका छौँ ।’

बालबालिका देखि वृद्ध वृद्धा सम्मले भरोसा गरिरहेको भन्दै उक्त भरोसालाई मर्न दिन नहुने उनको भनाइ थियो ।

‘नेपाली जनताले आसा र भरोसाको आँखाले हेरिरहेका छन्, हामी भाग्यमानी छौ । हाम्रो ६ महिनामा २१ सांसद हुनुहुन्छ’, उनले भने, ‘हामीलाई गल्ती गर्ने छुट छैन ।’

सभापति लामिछानेले आगामी निर्वाचनको तयारीका लागि पार्टीले योग्य र सक्षम व्यक्तिलाई समेट्ने अभियानमा संचालन गरिरहेको बताएका छ्न ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend