खबरब्रेकिंग, काठमाडौं साउन १९ गते । दरबारमार्गमा रहेको विम्पी रेष्टुरेन्टले आज शुक्रकार बियर फेस्टिभल आयोजना गरेको छ । अन्नपूर्ण होटलको गेटैमा रहेको विम्पीले न्यूनतम् मूल्य (एमआरपी)मा बियर दिने घोषणा गर्दै फेस्टिभल आयोजना गरेको जनाएको हो । आज मध्यान्न १२ बजेबाट सुरु हुने मेलामा बियरसँगै अन्य मिस्ठान्न खानाका साथै गितसँगित सुन्ने र झुम्ने व्यवस्था गरिएको विम्पी टिमले जानकारी दिएको छ । कार्यक्रमका दौरानमा विश्वका चर्चित बियर र यसका बारेमा जानकारी दिन वर्कसपको समेत आयोजना गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend