सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैदेशिक रोजगारीका नाममा ब्रहमलुट अमान्यः श्रममन्त्री विष्ट

वैदेशिक रोजगारीका नाममा ब्रहमलुट अमान्यः श्रममन्त्री विष्ट

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्र र कामदारको हितमा गरिने काममा कुनै पनि प्रकारका षड्यन्त्रले रोक्न नसक्ने बताएका छन् । अन्तर्रा्ष्ट्रिय आप्रवासन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले गैरकानुनी कामलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारे । साथै मन्त्री बिष्टले वैदेशिक रोजगारीका नाममा लुट्ने धन्दालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए । आप्रवासी नेपाली श्रमिकको हितलाई ध्यानमा राखेर वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत सुधार गरेको उनको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend