बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

विद्यालय तथा विद्यार्थीलाई नगदसहित सम्मान

विद्यालय तथा विद्यार्थीलाई नगदसहित सम्मान

काठमाडौं, १६ साउन ।ललितपुर महानगरपालिकाले “शैक्षिक सम्मान कार्यक्रम -२०८० ” अन्तर्गत महानगरभित्र संचालित स्कुलबाट यस वर्षको माध्यमिक विद्यालय परीक्षा (एसईई) मा उत्कृष्ट अंक ४ जिपिए (औसत स्तरिकृत अंक ४ ) ल्याउने विद्यालय तथा विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।

साउन १६ गते मंगलवार ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उत्कृष्ट अंक ल्याउने ८ विद्यालयलाई प्रति विद्यालय चार लाख र ती विद्यालयका १४ जना विद्यार्थीलाई जनही दुई लाखका दरले पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा विद्यार्थीहरुका अभिभावक तथा प्रधानाध्यापकहरुको पनि उपस्थिति थियोे । पुरस्कृत र सम्मानित हुनेमा जेम्स स्कुलका मात्रै ८ जना विद्यार्थी रहेका छन ।

ललितपुर महानगरका जेम्स, सेन्टमेरिज, नाईटिङ्गेल , डिएभी सुशील केडिया , लिटल एन्जेल्स र ब्राईट फ्यूचर स्कुलले उत्कृष्ट अंक ल्याएकोमा सम्मान पाएका छन् । सम्मान तथा पुरस्कार समारोहलाई सम्बोधन गर्दै महानगरपालीका प्रमुख चिरिबाबु महर्जनले आफ्नो दोस्रो पटकको चुनावको जीतको खुसीको उत्सवमा महानगरपालीकाबाट जीपीए ४ ल्याएका विद्यार्थीहरुसँग मनाएको स्मरण गरे। ललितपुर महानगरपालिकालाई उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा विकास गर्नको लागि यहाँका विद्यालय र विद्यार्थीहरुलाई आगामी वर्षहरुमा पनि यसरी नै उत्प्रेरित गरिने उनले बताए ।

नगरप्रमुख महर्जनले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि पनि विशेष कार्यक्रम ल्याइएको बताए ।आफ्नो वायोग्राफी लेखीयो भने यो अशंको लागि एउटा छुट्टै च्याप्टर बनाउने उनको भनाई छ । उनले भने, ‘दोस्रो पटकको चुनावको मेरो नतिजा आउँदा जति खुसी भएको थिए ललितपुर महानगरपालीकाबाट जीपीए ४ ल्याउने १४ जना विद्यार्थी निस्किए भन्दा त्यो बेलाको खुसी विर्सिएर यता उत्सव मनाउँन थाले यो मेरो जिन्दगीमा वायोग्राफी लेखीयो भने यो अशंको लागि एउटा छुट्टै च्याप्टर राख्छु ।’

उत्कृष्ट सम्मान प्राप्त गर्ने विद्यालयको तर्फबाट जेम्स स्कुलका संस्थापक प्रधानाध्यापक राजेश खडकाले शैक्षिक नतिजामा उत्कृष्टताको साथै विद्यार्थीहरुको असल चरीत्र निर्माणमा पनि विद्यालय र अभिभावकहरुले उत्तिकै ध्यान दिनु आवश्यक रहेकोमा जोड दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend