काठमाडौं । नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल)का अध्यक्षमा दसरथ रिसाल पुनः निर्वाचित भएका छन । संघको नवौं वार्षिक साधारणसभामा पाचौं कार्यकालका लागि भएको केन्द्रिय कार्यसमितिको निर्वाचनमार्फत रिसालको अध्यक्षता नयाँ कार्यसमितिको सर्वसम्मत चयन भएको हो।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रा.डा.बुलन्द थापा ,उपाध्यक्षमा सिताराम न्यौपाने र अनिल कुमार बराल, महासचिवमा सुशील तन्डुकार , सचिवमा सन्तोष न्यौपाने र निरज खडका क्षेत्री , कोषाध्यक्ष धान्यमणि नेपाल रहेका छन । सदस्यहरुमा श्रमिक जिसि , सञ्जु बज्राचार्य , भिक्टी थापा , प्रज्ञा अधिकारी र यदुराज लामिछाने रहेका छन ।
नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) राष्ट्रिय खेलकुद परिषद (राखेप) मा विशेष खेलकुद अन्तर्गत सुचिकृत रहेको छ । मिति २०६५ साल जेठ २२ गते नेपाल अटोमाबाइल्स स्पोर्ट्स एसोसिएसनको रुपमा राखेपको लगतमा ७० नं. दर्ता कायम भएकोमा गत २०८० जेठ महिनामा पारित संशोधित विधान अनुसार विशेष खेल संघको रुपमा मान्यता पाएको हो ।
संघले यही साउन १३ गतेका दिन नवौं साधारण सभा तथा निर्वाचन कार्यक्रम गरेको हो । राखेपद्वारा गठित निर्वाचन समितिले सम्पन्न गरेको सो निर्वाचन प्रक्रियामा केन्द्रीय तदर्थ समितिबाट १७ जना, ५ वटा प्रदेश संघबाट एक एक महिला सहित २५ जना, १५ आवद्ध क्लब तथा एसोसिएटबाट एक एक जनाका दरले १५ जना तथा प्राविधिक, मार्सल तथा एथ्लेटबाट एक एक जना गरी कुल ६० जनाले सहभागिता जनाएका छन् ।
काठमाडौं, चरिकोट, हेटौंडा, काठमाडौं, नुवाकोट, काभ्रे, काठमाडौं र जुमबाट समेत गरी ८ वटा साधारणसभा सम्पन्न गरिसकेको नासा नेपालको यो नवौं साधारणसभा तथा पाँचौं अधिवेशन हो । यस साधारणसभाबाट १४ पदाधिकारी तथा सदस्यहरु निर्वाचन प्रक्रियाबाट चयन भएका छन भने बाँकी ११ जना पदाधिकारी तथा सदस्यहरु कार्यसमिति तथा राखेपबाट मनोनयन गरिनेछ ।
नासा नेपालले देशभर रहेका ७ वटै प्रदेश संघ गठन गर्ने कार्यले तीव्रता पाएको जनाएको छ। । यस अनुसार बागमती, कर्णाली, सुदूर पश्चिम, मधेश प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेश संघ गठन भइसकेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend