शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओम्नी सहकारीमा संजय दास श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति

ओम्नी सहकारीमा संजय दास श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति

काठमाडौं । ओम्नी बहुउद्देश्यीय सहकारीको सत्रौँ साधारणसभाले संजय दास श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ। श्रावण १३ गते शनिबार सम्पन्न संस्थाको साधारणसभाले आगामी चार वर्षको कार्यकालको लागि संचालक समितिको निर्वाचन सम्पन्न गरेको हो।

संचालक समितिको उपाध्यक्षमा अरुण प्रकाश प्रधान , सचिवमा अमृत रत्न ताम्राकार , कोषाध्यक्ष रविन्द्र मुनी बज्राचार्य , सदस्यहरुमा राघवेन्द्र कार्की ,प्रकाश मान सिंह र पवित्रा देवी श्रेष्ठ रहेका छन ।

त्यस्तै,लेखा समितिका संयोजकमा प्रदिप कृष्ण मानन्धर र सदस्यमा छविन्द्र दास श्रेष्ठ र जीवन शीलाकार रहेका छन ।

साधारणसभाले संचालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि स्वीकृत गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend