काठमाडौं,१२ साउन । साइबरसेक्युरिटीको लागि नेपाली बजारमा क्यास्परस्की ल्याबका नयाँ उत्पादन भित्रिएका छन् । क्यासपरस्कीको नेपालस्थित आधिकारिक वितरक सागर ग्रुपले सेक्युरिटी प्रडक्टहरू क्यासपरस्की स्ट्यान्डर्ड, क्यासपरस्की प्लस र क्यासपरस्की प्रिमियम भित्र्याएको हो ।
विन्डोज, म्याक, आईओएस, एन्ड्रोइडजस्ता डिभाइसहरूको सुरक्षाका लागि यी सेक्युरिटी प्रडक्टमा विशेष फिचर रहेको कम्पनीको दाबी छ ।
क्यासपरस्की स्ट्यान्डर्डमा डिजिटल थ्रेटविरुद्ध रियल टाइम सेक्युरिटी (वास्तविक समयमै सुरक्षा सुविधा) सुरक्षित ब्राउजिङ, एन्टी-फिशिङ क्षमता, फायरवाल, पर्फर्मेन्स टुलहरू, वेबक्याम तथा माइक प्रोटेक्सन लगायतका फिचर छन् ।
क्यासपरस्की प्लसमा स्ट्यान्डर्ड संस्करणमा भएका फिचरसहित थप सुविधा भएको कम्पनीको भनाइ छ । यसमा थप गोपनीयता क्षमताहरू, परिष्कृत अनलाइन गोपनीयताको लागि अनलिमिटेड भीपीएन, प्रिमियम पासवर्ड म्यानेजर, डेटा चुहावट जाँच (डेटा लिक चेकिङ) लगायतका सुविधा छन् ।
क्यास्परस्की प्रिमियम भने सब्सक्रिप्सनमा आधारित प्लान हो, जसमा स्ट्यान्डर्ड र प्लस प्लानका सबै सुविधाका साथमा डिजिटल पहिचान सुरक्षा र प्रिमियम टेक्निकल सपोर्ट हुने बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend