सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनआरएनए यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी

एनआरएनए यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी

खबरब्रेकिंग,काठमाडौं साउन ७ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी भएका छन् । अनलाइन मतदान शनिबार सम्पन्न भयो । गुरुङले १ हजार ४७९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी दिनेश घिमिरे १ हजार २५४ मत प्राप्त गरे। ।

संघको आइसीसी सदस्यमा शुनिलबाबु खड्का, विष्णु चालिसे, चन्द्र बहादुर गुरुङ, र दिलराज गुरुङ विजयी भएको निर्वाचन समितले जनाएको छ ।यस्तै, संघको २ उपाध्यक्षमा रविन्द्र कंडेल, सुरेश परियार निर्वाचित भएका छन् ।

स्कटल्याण्डको उपाध्यक्षमा मनिष खरेल विजयी भएका छन् भने महासचिवमा गोविन्द खरेल विजयी भए । यसैगरी सहकोषाध्यक्षमा हेम गुरुङ विजयी भए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend