काठमाडौं,३ श्रावण । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानी उत्कृष्ट व्यवस्थापकको रूपमा सम्मानित भएका छ्न।
नेपाल ईन्जिनियर्स एसोसियसन्स ले ६१औं इन्जिनियर दिवसको अबसरमा थानिलाई ‘इन्जिनियिरङ एप्रिसियसन अवार्ड अफ बेस्ट म्यानेज्मेन्ट’बाट सम्मान गरेको हो। नेपाल आयल निगमको कार्यकारी निर्देशक भएपश्चात थानीले देखाएको उच्च व्यवस्थापकीय क्षमताको कदर गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।

थानीले नेपाल आयल निगमको जिम्मेवारी १५ महिना पहिला सम्हालेका थिए । पोस्ट-कोभिड इफेक्टका साथै रुस- युक्रेन युद्धका कारण विश्वब्यापी रुपमा परेको इन्धनको संकटलाई उचित व्यवस्थापन गरेको, नेपालमा इन्धनको संकट आउन नदिएको, इन्डियन आयल कर्पोरेसनको बाँकी बक्यौता ३१ अर्ब रुपैयाँ चुक्ता गरी गत आर्थिक वर्षमा निगमलाई १८ अर्ब रुपैयाँ नाफामा लान सफल भएकाले थानीलाई यो अवार्ड प्रदान गरिएकोनेपाल ईन्जिनियर्स एसोसियसन्सले जनाएको छ।
थानीले नेपाल आयल निगमको जिम्मेवारी सम्हालेपछि घाटामा रहेको निगम नाफामा गएको छ भने निगमले पूर्ण स्वचालित मूल्य लागूसमेत गरेको छ । जसबाट निगम घाटामा जाने संभावनाकाे समेत करिब अन्त भएको छ ।
सुर्खेत वीरेन्द्रनगरमा जन्मिएका थानीले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
उक्त कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन् । उनले सुशासनको लक्ष्य हाँसिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तिब्रताका साथ अघि बढाइरहेको उल्लेख गरे । त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्नेस्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने विश्वास व्यक्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend