खबरब्रेकिंग,काठमाडौं साउन ३ गते । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) ले साउन १७ मा साधारणसभा बोलाएको छ । कम्पनीले २०औं सभा बोलाएको हो ।
यसले गत वर्ष २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सभामा ४.६५ प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव रहेको छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साधारण सभा लिसारा रिसेप्सन भगवती बहाल काठमाडौंमा दिउँसो ४ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले साउन ९ गते बुक क्लोज गर्दैछ । ८ साउनसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend