शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्त मर्जरमा जाने

बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्त मर्जरमा जाने

ललितपुर । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड सामुदायिक लघुवित्तसङ्ग मर्जरमा जाने भएको छ। बिपिडब्लु लघुवित्तको असार २६ गते मंगलबार जावलाखेल ,ललितपुरमा सम्पन्न चौथो वार्षिक साधारणसभा बाट दुई संस्थाविच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रस्ताव पारित गरेसङ्गै मर्जरको लागि बाटो खुलेको हो।

संस्थाका अध्यक्ष किशोरभाइ बज्राचार्यको सभापतित्वमा सम्पन्न साधारणसभामा मर्जरपश्चात बन्ने एकीकृत संस्थामा  कार्यकारी अधिकृत र एक जना संचालक  बिपिडब्लु लघुवित्तको तर्फबाट रहने समझदारी भएको जानकारी दिईयो।

यस अघि असार २२ गते धुलिखेलमा सम्पन्न सामुदायिक लघुवित्तको नवौं वार्षिक साधारणसभाले पनि यो मर्जर प्रस्ताव पारित गरिसकेको छ।

साधारणसभाले संचालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

त्यस्तै , साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि स्वीकृत गरेको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १२ देखि असार २६ गतेसम्म बुक क्लोज गर्ने गरेको थियो  । त्यस अनुसार असार ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिएका हुन । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend