सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाली काँग्रेसको महासमितिको रौनक तात्दै देशभरका नेता राजधानीमा

नेपाली काँग्रेसको महासमितिको रौनक तात्दै देशभरका नेता राजधानीमा

काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैठकको रौनक तातेको छ । विधान संशोधन मुख्य एजेण्डाका साथ शुरु हुन लागेको महासमिति बैठकमा अन्य चारवटा दस्तवेज पनि पेश हुने बताईएको छ । उक्त बैठक पुस ३ गते सम्म बस्ने भएको छ । बन्दशत्रमा महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णवहादुर खड्काले विधान संशोधनको प्रस्ताव राख्ने छन भने अर्का महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज प्रस्तुत गर्न बताईएको छ ।

महासमिति बैठकमा उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज र सह महामन्त्री डा. प्रकाशसरण महतले काँग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन पेश गर्नुहुने छ । वैठकमा प्रस्तुत हुने ५ वटै दस्तावेजमाथि छलफल गर्न महासमति सदस्यहरुको ७ वटा प्रदेश स्तरीय समुह बनाइने छ । यो समुह बनाइसकेपछि भोलिपल्ट आइतवार देखि लगातार ती दस्तावेजमाथि छलफल हुनेछ ।

केन्द्रिय समितिको बाट सर्वसम्बत पास भएर आए पनि फरक धारणा सहित आएपनि पाँचवटै सबै महासमिति बैठकमै पेश हुनेछ । महासमिति बैठकले केन्द्रिय समितिले सर्वसम्मतीले ल्याएको प्रस्तावलाई समेत इन्कार गर्न सक्छ । काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमतिमा १ हजार ६ सय ६० सहभागि हुनेछन् ।

जसमा हरेक निर्वाचन क्षेत्रबाट (२४० बाट) पाच जनाको दरले १ हजार २ सय महासमिति प्रतिनिधि हुनेछन भने भातृ एवं सुभेच्छुक संघसंस्थाका ९७ जना प्रतिनिधि र जनसम्पर्क समिति बाट पनि ९७ जना प्रतिनिधि सो बैठकमा सहभागि हुनेछन् । महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति र २६ जना सांसद पनि महासमिति बैठकमा भाग लिदैछन् । केन्द्रिय सदस्यहरु सबै सो बैठकमा उपस्थित हुनेछन् । यो समाचार नेपाल समाचारपत्रमा छापिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend