बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

फेकनमा नयाँ नेतृत्व चयन, यस्तो छ नयाँ कार्यसमिति

फेकनमा नयाँ नेतृत्व चयन, यस्तो छ नयाँ कार्यसमिति

खबरब्रेकिंग, काठमाडौं असार २४ गते । परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ नेतृत्व चयन भएको छ । शनिवार काठमाडौंमा आयोजित १२औं वार्षिक साधारणसभा पश्चात् भएको निर्वाचनमा महासचिव राजु निरौलाको प्यानल विजयी भएको हो ।

करिब दुई सय सदस्य रहेको फेकनमा इलेक्ट्रोनिक्स भोटिङ प्रणालीबाट भएको निर्वाचनमा झण्डै ८२ प्रतिशत मतदान भएको बताइएको छ । निर्वाचनमा निरौला प्यानल बाहेक ३ स्वतन्त्र उम्मेदवार र वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत नेतृत्वको प्यानल सहभागी थिए ।

बस्नेत प्यानलका दुई उम्मेदवार बाहेक अरू उम्मेदवारले निर्वाचनअघि प्रक्रियामा असन्तुष्टि जनाउँदै निर्वाचन बहिस्कार गरे ।सबै प्रक्रिया पूरा भएको भन्दै स्वतन्त्र निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया अघि बढाएको थियो ।

नवनिर्वाचित अध्यक्ष निरौलाले फेकनलाई व्यवसायीमैत्री बनाउँदै आफू अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । फेकन तीन प्रदेशमा विस्तार भइसकेको र आफ्नो कार्यकालमा सात वटै प्रदेशमा विस्तार हुने उनले जानकारी दिए ।

यस्तो छ नयाँ कार्यसमिति

अध्यक्षः राजु निरौला

उपाध्यक्षः उमेश कुश्वार

उपाध्यक्षःअमित बाबु ढुङ्गाना

उपाध्यक्षः दिपक सिलवाल

महासचिवः छविन्द्र ओझा

सचिवः इन्द्रजित गौतम

सचिवः पृथ्वी ब चन्द

कोषाध्यक्षः दिपेन्द्र पोखरेल

सह(कोषाध्यक्षः गौतम पुडासैनी

सदस्य

राजकुमार ढकाल

मञ्जु लामिछाने

रोशन खरेल

एलिजा उप्रेती

सञ्जय बस्नेत

खगेन्द्र श्रेष्ठ

महेश हमाल

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend