शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

२० मेगावाटको आँखुखोला-२ जलविद्युतमा लगानीको लागि १:१.५ हकप्रद शेयर जारी गर्दै आँखुखोला कम्पनी

२० मेगावाटको आँखुखोला-२ जलविद्युतमा लगानीको लागि १:१.५ हकप्रद शेयर जारी गर्दै आँखुखोला कम्पनी

२२ असार ,काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १:१.५ अर्थात १५०% हकप्रद शेयर (रु १ अर्ब २० करोड बराबर) जारी गर्ने भएको छ। अध्यक्ष राम श्रेष्ठको अध्यक्षता सम्पन्न कम्पनीको पन्ध्रौं वार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित समेत भएको छ। हकप्रद शेयर निष्कासनको लागि कम्पनीले पूँजीगत संरचनामा वृद्धि गर्ने जनाएको छ।

२० मेगावाट क्षमताको आँखुखोला-२ जलविद्युत आयोजनामा कम्तीमा ६०% लगानी गर्ने र बैंक ऋण भुक्तानी गर्ने प्रयोजनका लागि हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ। गणेश हिमाल हाइड्रोपावर प्रा.लि.द्वारा प्रवर्द्धित धादिङ्ग जिल्लास्थित नदीप्रवाहमा आधारित (रन अफ रिभर ) आँखुखोला-२ आयोजनाको विद्युत अनुमतिपत्र समेत प्राप्त भई Draft PPA समेत सम्पन्न भै सकेको छ। आयोजनाबाट २०८५ साउन देखि विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ भने कुल अनुमानित लागत ३ अर्ब ९१ करोड ४१ लाख रहेको छ। जुन प्रति मेगावाट १९ करोड ५७ लाख हुनेछ ।

साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ संचालक समितिको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।समिक्षा आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि स्वीकृत गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend