गुडविल फाइनान्स लिमिटेडले २८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष विश्व प्रकाश साख: को अध्यक्षतामा असार २१ गते गुडविल कम्लेक्स ,हात्तिसारमा सम्पन्न साधारणसभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि स्वीकृत गरेको छ।
समिक्षा अवधिमा कम्पनीको निक्षेपमा गत वर्षको तुलनामा ८.८३% वृद्धि सहित रु.१०,९८,४९,०४,९६८.००,कर्जा प्रवाहमा १८.८६% वृद्धि भएर रु.९,४०,५८,४९,५३८.०० पुगेको प्रतिवेदनमा जनाइएको छ । संस्थाको खूद मुनाफा रु.१४,६६,३२,२८७.०० रहेको छ।
मुनाफा आर्जन गरे पनि विभिन्न प्रोभिजनका कारणले कम्पनीले यस वर्ष लाभांश वितरण गरेन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend