खबरब्रेकिंग,काठमाडौं, असार २० गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा जुटेको छ। एक- दुई दिनमै नतिजा प्रकाशनको तयारी भएको जनाएको छ।
प्राविधिक काम सकिएमा बुधबार नै परीक्षा बोर्डको बैठक बस्ने तयारी छ। बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गर्नेछ। बोर्डले कक्षा १० को यसअघिको जस्तै लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार प्रकाशित गर्ने तयारी गरेको छ। एसईईको नतिजा बेवसाइट,एसएमएस र आईभीआरबाट प्रकाशित गर्ने बोर्डले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend