सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ब्रोइलर कुखुराको मासुको मूल्य बढ्यो

ब्रोइलर कुखुराको मासुको मूल्य बढ्यो

खबरब्रेकिंग,काठमाडौं, असार २० गते । बजारमा ब्रोइलर कुखुराको तयारी मासुको मूल्य बढेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो १० रुपैयाँले बढाउने निर्णय गरेसँगै बजारमा मासुको मूल्य बढेको हो ।

अघिल्लो महिनासम्म ४ सय रूपैयाँमा उपलब्ध ब्रोइलर कुखुराको मासुको मूल्य अहिले बढेर ४ सय ७० रुपैयाँसम्म पुगेको काठमाडौास्थित बल्खुका एक उपभोक्ताले बताएका छन् ।

‘अघिल्लो महिना प्रतिकिलो ३ सय ९० रुपैयाँमा ब्रोइलरको मासु किनेको थिएँ ।’ नरेश भट्टले भने, ‘बजारमा अहिले त कुखुराको तयारी मासुको मूल्य बढेर ४ सय ७० रुपैयाँसम्म पुगेको रहेछ ।’

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार फागुन, चैत र बैशाखमा कुखुराको कोल्ड स्टोर मूल्य बढेको थियो । तर जेठको पहिलो सातामा भने प्रतिकिलो १० रुपैयाँले घटेको थियो । त्यतिवेला मासुको मूल्य घटेर २ सय ९० रुपैयाँ पुगेको थियो । तर असार पहिलो सातामा कुखुराको कोल्ड स्टोर मूल्य पुनः बढेर ३ सय रुपैयाँ पुग्यो र त्यसपछि पुनः असार दोस्रो सातामा किलोमा १० रुपैयाँले बढेर ३ सय १० रुपैयाँ कायम भएको थियो । यो समाचार हलोखबरमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend