सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

मोबाइल बैंकिङ प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्डमात्र प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

मोबाइल बैंकिङ प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्डमात्र प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

खबरब्रेकिंग,काठमाडौं,असार १९ गते। मोबाइल बैंकिङ प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्डमात्र प्रयोग गर्न नेपाल राष्ट्र बैंकले सचेत गराएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो सचेत गराएको हो। ‘मोबाइलमार्फत वित्तीय सेवाको प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेसनमात्र प्रयोग गर्नुपर्दछ’, राष्ट्र बैंकले भनेको छ।

बैंक तथा वित्तीय संस्थामा खाता खोली मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता सेवा प्रयोग गर्दा वा मोबाइल वाटेल प्रयोग गर्दा त्यसमा प्रयोगकर्ताको मोबाइल र फोन नम्बरको प्रयोग भएको हुन्छ। त्यसमा प्रयोगकर्ताको बैंक खातासम्बन्धी महत्वपूर्ण विवरण जोडिएका हुन्छन्।

यदि कुनै कारणवश प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बर परिवर्तन गर्नुपरेमा वा पुरानो नम्बर अन्य व्यक्तिको प्रयोगमा आएमा भने प्रयोगकर्ताको खातासम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत पहुँच पुग्न सक्ने जोखिम हुने केन्द्रीय बैंकले जनाएको छ। ‘त्यसैले आफूले प्रयोग गरिरहेको मोबाइल हराएमा वा चोरी भएमा वा मोबाइल नम्बर परिवर्तन भएमा बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक संस्थालाई यथाशीघ्र जानकारी गराउनुपर्दछ’, सूचनामा भनिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend