भक्त के सी
खबरब्रेकिंग, काठमाडौं असार १८ गते । काठमाडौँ बजारमा मन्दी छाएको छ , ब्यापारीको भागाभाग छ “बजारमा आर्थिक गतिविधिमा गिरावट र 6 महिना भन्दा पैला देखि यस्तो अवस्था रहिरहेको अवस्था छ,यो पहिलो पटकको मन्दी हो भनिन्छ ,” नेपालमा के ले निम्त्यायो आर्थिक सङ्कट ? राष्ट्रिय अर्थतन्त्रमा 80 %, प्रतिशत योगदान दिने निजी क्षेत्रको गतिविधि पछिल्लो डेढ वर्ष अत्यन्त न्यून देखिन्छ र तेस्रो कारण दातृ निकायले सरकारी र गैर सरकारी विभिन्न माध्यमबाट गर्ने सहायतामा आएको कमी हो,” व्यपारमा नगद कारोबार नगन्य छ। महँगी बढ्यो , अचानक ब्यपारी राजधानी छोडेर पलायन भएको पाइन्छ। सक्नेहरु बाहिर मुलुक जाने र नसक्नेहरु गाउँ फर्किन थालेको देखिन्छ। व्यपार खलबलियो र उद्योग धन्दामा पनि असर गर्यो त्यसको मन्दीको कारण प्रभाव पनि हो, मन्दीका मुख्य कारण ऋण लिएर ब्यबसाय संचालन गर्ने मध्यम वर्गका ब्यापारी सहकारी सस्थासंग आधारित थिए , 90 % ठगिएका छन। ठूला व्यापारिक घरानाहरु बैंकिङ पहुच हुने र बैंकिङ माध्यमबाट चल्ने हुदा बन्ध हुने अबस्थामा त छैनन। तर ब्यबस्थापनले कर्मचारी घटाउदै गैरहेको बुजिन्छ। साना तथा मझौला उद्योगमा बैंकहरुको चर्को ब्याजले पीडित छन् , थोक तथा खुद्रा व्यापार क्षेत्रमा आर्थिक वृद्धिदर ऋणात्मक हुनुको प्रमुख कारण उदाहरण बेनेको छ। सहकारी संचालकहरुले आर्थिक हिनाबिना गरेर भाग्नुले साना ब्यापारीको बचत रकमनै संकटमा परेको छ। धेरै , वित्त कम्पनी, सहकारी, संघ संस्थाले ठगि गरेकाछन। सरकारले कुनै ठोस कदम लिएको छैन। कतिपय जनगुनासो छ कि सरकारीका कर्मचारीहरु संग सहकारीका संचालक संग मेल मिलाप छ। उल्टै निक्षेपकर्ता पिडितलाईनै अनावश्यक दबाब दिने गरेको सुनिन्छ। बैंकले व्यापारिको धितोलिलामको सूचना
निकालेको छ भने मिटर ब्याजी, मुनाफाखोर बैक संग मिलिमतो गरेको देखिन्छ देश र जनता को के माया रास्ट्र बैक लाइ लाग्नु पर्ने हो। सरकारी निकाय संसद सदस्यहरु कसैलाई केहि चासो छैन जस्तॊ लाग्छ। दुरघटना भएसी पछुतायर के हुन्छ ? उद्योगी–व्यवसायीका प्रमुख दुई संस्थाले अर्थतन्त्रको अवस्थाका बारेमा चासो व्यक्त गरे पनि ‘बजारिया हल्ला’ का आधारमा अर्थतन्त्रमा भयावह सङ्कट नै देखापरेको भन्ने अवस्था नरहेको अर्थमन्त्रीले निष्कर्ष निकालेका छन् । उनीहरुको एकै मत छ– समस्या छ, तर भयावह हुने अवस्थामा छैन भन्छन।
राजधानी उपत्यकामा बसोबास गर्ने साना व्यवसायी पलायन भएपछि उनीहरुले प्रयोग गरेका करिब 60 % प्रतिशत शटर अहिले खाली भएका छन्, महँगो भाडा व्यापार छैन अहिले पसलको भाडा तिर्न पनि धौ–धौ भएको वताउछिन् खुद्रा व्यापारि अधिकतम सहरी छेत्रको समस्या उस्तै छ । ।दरबारमार्गमा रहेको प्रतिष्ठित अन्नपूर्ण होटलले राजस्वमा ठूलो घाटा व्यहोरेपछि अनिश्चितकालका लागि बन्द गरेको छ ।पुतली सडक बागबजारमा मात्रै 2 सयभन्दा बढी शटर खाली छन् र यो सहर उपत्यका भरी बढ्दै गएको छ । रातभरी गुल्जार हुने ठाउँ ठमेलका सडक सुनसान छन् । डान्स रेस्टुरेन्ट, बार, पब र मसाज सेन्टरहरू बन्द छन्। पर्यटन व्यवसाय पनि ओरालो लागेको छ, मन्दीले थप राज्य दिवालियापनमा धकलिएको छ, सरकारले धान्नै नसक्ने गरी राजस्व उठाउँदै आएको छ । हजारौ व्यापारीले आफ्नो व्यवसाय छाडेका छन् । नेपाल पहिलो पटक मन्दीमा फसेको भन्न सकिन्छ । आर्थिक अवस्था नाजुक रहे पनि सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।उपभोक्ता खर्चमा मन्दी, बेरोजगारीमा सुस्तता , उत्पादन गतिविधिमा अबरोध , व्यक्तिगत आम्दानीमा कमी, कर्मचारी कटौती र आम्दानी न्यूनछ। लाचार सरकार बल्ल भ्रष्टाचार विरोधी भएको देखिन्छ। नतिजा आउन बाकी नै छ।
भ्रष्टाचारको धारणाको धेरै व्याख्या भए पनि, भ्रष्टाचार विरोधी आन्दोलन नेपाल मुख्यतया सार्वजनिक भ्रष्टाचारसँग सरोकार राख्छ नेता कर्मचारी मिलेर गर्ने सस्थापन देखि सस्थागत भ्रष्ट व्यक्तिहरूलाई अधिकतम सजायको माग नागरिकहरुको छ । भ्रष्ट गतिविधि र जोखिम उजागर खुलासा गर्नु पर्छ। सार्वजनिक क्षेत्र इमान्दारबन्नु पर्छ , कार्यालयहरु पारदर्शी र जवाफदेही बनाउनु पर्छ ।राजनीतिक नेताहरुले बेइमान अभ्यास बन्द गर। सार्वजनिक क्षेत्रका कर्मचारीहरूले सार्वजनिक हितमा काम गर्ने सुनिश्चित गर।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend