काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता एबम पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले स्थायी कमिटी बैठकमा पार्टी निर्माण, संगठन विस्तार सरकारको कामको बारेमा गहन छलफल हुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन् । सरकारको कामको बारेमा आलोचना र आफनै पार्टी भित्र नेताहरु बिच आरोप प्रत्यारोप बडिरहेको बेला नेता रायमाझीको धारणा बाहिर आएको हो । नेता रायमाझीले पार्टी एकतालाई पूर्णता दिने पक्षमा रहेको स्पष्ट पार्दै सरकारले हासिल गरेका उपलब्धीहरु र कमी कमजोरी बारे छलफल र समीक्षा हुने समेत बताए । पछिल्लो समय सरकारले आफ्नो कामको गति बढाएको नेता रायमाझीको तर्क छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend