शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सिंगटी हाइड्रो इनर्जी लिमिटेडमा नयाँ संचालक समितिको चयन

सिंगटी हाइड्रो इनर्जी लिमिटेडमा नयाँ संचालक समितिको चयन

१३ असार ,काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले नयाँ संचालक समितिको चयन गरेको छ। कम्पनीका अध्यक्ष बटु लामिछानेको अध्यक्षता तथा स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष गणेश कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले संचालक समितिको निर्वाचन सम्पन्न गरेको हो।

संचालक समितिमा संस्थापक शेयरधनिको तर्फबाट सुदिप खड्का , रजनी थापा , सुदिप राज गौतम र वि.जि.ग्रुप प्रा.लि.का प्रतिनिधि सुनिल के.सि.निर्वाचित भएका छन । सर्वसाधारण शेयरधनीबाट दल बहादुर विष्ट र श्याम प्रसाद खतिवडा तथा उर्जा विज्ञ प्रविण भट्टराई स्वतन्त्र संचालकमा चयन भएका छन।

कम्पनीले आगामी आर्थिक वर्षको ६ महिना भित्र १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने संचालक समितिको विशेष प्रस्ताव साधारणसभाबाट अनुमोदन गरेको छ। पूँजी वृद्धि पछि कम्पनीले अर्विट इनर्जी प्रा.लि.ले प्रवर्द्धन गरेको संखुवासभास्थित सभापोखरीमा निर्माणाधिन १५.१ मेगावाटको सभा खोला बि र ४.१९ मेगावाटको सभा खोला सि , तथा ह्याबीट्याट पावर कम्पनी प्रा.लि.द्वारा प्रबर्द्धित पाँचथरको हेवा खोलामा निर्माणाधिन ५ मेगावाटको हेवा खोला ए साना जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ।

हाल सिंगटी हाइड्रो इनर्जीले दोलखा जिल्लाको कालिन्चोक र बिगु गाउँपालिका बिच भएर बहने सिंगटी खोलामा २५ मेगावाट क्षमताको जलविद्युत आयोजना सम्पन्न गरि २ वर्ष देखि व्यवसायीक उत्पादन गरिरहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend