खबरब्रेकिंग,काठमाडौं,असार १३ गते । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव नवराज ढुंगाना नियुक्त भएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त गरी पठाएको हो। यसअघि महानिर्देशक रहेका नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालयमै फिर्ता बोलाइएको छ।राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री मातहत रहने निकाय हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend