नेपाल शैक्षिक परामर्श संघ ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले शिक्षा मन्त्रालयमा दर्ता नभएका शैक्षिक परामर्श दाताहरुलाई कारवाही गर्नु पर्नेमा जोड दिएका छन् । कास्कीको पोखरामा शैक्षिक मेला उद्घाटन गर्दै उनले सरकारको इजाजत नलिई संञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थालाई कानुनी कारवाही गर्नु पर्ने बताए ।

अध्यक्ष पाण्डेले इजाजत नलिएका परामर्श दातालाई कारवाही गर्न ईक्यानले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा ईक्यान महासचिव शेषराज भट्टराईले शैक्षिक परामर्श सेवालाई सकारात्मक रुपमा लिनु पर्नेमा जोड दिए । उनले नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्नु पर्ने धारणा राखे । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend