खबरब्रेकिंग,काठमाडौं असार १२ गते । कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले यो वर्ष धान रोपाइँका लागि रासायनिक मलको अभाव नहुने आश्वासन दिएका छन । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो आश्वासन दिएका हुन् ।
हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोहरूमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको उनले जानकारी दिए । यो असारको अन्त्यसम्ममा थप ४५ हजार मेट्रिक टन र साउनभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने उनले बताए । मन्त्री भुसालले आउँदो आर्थिक वर्षका लागि रासायनिक मल खरिदका निम्ति ३० अर्ब रुपैयाँ रकम सुनिश्चित गरिएको जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend