सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

एभरेष्ट बैंकको एटिएम मेसिनबाट ईसेवा कनेक्ट गरी रकम झिक्न मिल्ने

एभरेष्ट बैंकको एटिएम मेसिनबाट ईसेवा कनेक्ट गरी रकम झिक्न मिल्ने

खबरब्रेकिंग,काठमाडौं,असार ६ गते । एभरेष्ट बैंकबाट डिजिटल वालेट ईसेवामा रहेको रकम झिक्न मिल्ने भएको छ । एभरेष्ट बैंकको एटिएम मेसिनबाट ईसेवा कनेक्ट गरी नेपालमै पहिलो पटक रकम झिक्न मिल्ने भएको हो ।
बुधबार ललितपुरमा भएको कार्यक्रममा ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्का र एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसईओ) विजय शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

ईसेवाले नेपालमै पहिलो पटक अदभूत सेवा प्रयोगकर्ताहरुका लागि ल्याएको हुँदा कारोबार गर्न सहज हुने सीईओ खड्काले बताए । ईसेवाले प्रयोगकर्ताहरुका लागि जहिले पनि नयाँ इनोभेट ल्याइरहेको सीईओ खड्काको भनाई छ । एभरेष्ट बैंकका डीसीईओ शर्माले वाणिज्य बैंकले वालेट कम्पनीहरुसँग पनि सहकार्य गरेर आफ्नो सेवालाई विस्तार गरिरहेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend