सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भिएलएनको ठगीको प्रमाण भेटिएन, अन्तत संचालक श्रेष्ठले पाए सफाई

भिएलएनको ठगीको प्रमाण भेटिएन, अन्तत संचालक श्रेष्ठले पाए सफाई

काठमाडौं– भिएलएनका संचालक रामप्रसाद श्रेष्ठले जिल्ला अदालत ललितपुरबाट अन्तत सफाई पाएको समाचार प्राप्त भएको छ । वैदेशिक रोजगारीमा मलेशिया जाने कामदार संग भिसा प्रोशेसिङ्ग लगायत बिभिन्न शिर्षकमा रकम लिने गरेको भन्दै उनलाई आरोप लागेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई ठगी गरेको आरोपमा असार ३ गते जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।

मलेशियन सरकारले यो संस्था वैधानिक रुपमा चलेको स्पष्ट पार्दै पुरानै प्रक्रिया बाट काम गर्ने अनुमती दिइरहेको बेला मन्त्रालयको दावी अनुसार प्रमाण नपुगेको भन्दै अदालतले सफाइ दिएको अदालतले जानकारी दिएको छ । श्रम मन्त्रालयले मलेशिया रोजगारीमा जाने कामदार संग केही व्यक्तीले संस्था खडा गरी स्वास्थ्य परिक्षण भिषा प्रोशेसिङ लगायत बिभिन्न शिर्षकमा कामदारलाई आर्थिक भार पर्ने गरी रकम लिने गरेको भन्दै मलेशियाको रोजगारी नै बन्द गरेको महिनौ बितिसकेको अवस्था छ ।

गत कात्तिकको दोस्रो हप्ता मलेसियासँग श्रम समझदारी भएपनि नेपालले पहिलेको प्रक्रियाबाट पठाउन नमानेपछि रोजगारी बन्द छ । भने अर्को तिर यि पुरानै संस्था नयाँ व्यक्तिले हातमा पार्न केही व्यक्रिहरु चलखेलमा लागेको समाचार समेत बाहिर आएका छन् । रोजगारीको लागी नेपाली कामदार मलेशिया जान कुरेर बसे पनि कहिले खुल्ने हो भन्नेमा अनिश्चिित कालिन अन्योलता देखिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend