काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा काठमाडौंमा राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी सम्पन्न भएको छ। असार २ देखि ५ गतेसम्म नयाँबजारको सासा ब्याङ्केटमा भएको सम्मेलनमा नेपालमा उत्पादन भएका विभिन्न कम्पनी र ब्रान्डका अर्गानिक कफी र यससम्बन्धी प्रविधि र विकासबारे उपभोक्तालाई जानकारी प्रदान गर्ने उद्देश्य रहेको आयोजकले बताएका छन ।

नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले उक्त अवसरमा नेपालमा कफीको ठुलो परिणाममा कर्पोरेट उत्पादनको आवश्यकता रहेकोमा जोड दिए। कफीमा साना किसानको उत्पादन मात्र अपर्याप्त रहेको र नीतिगत सुधार गरेर उत्पादन बढाउनुपर्ने उनले बताए ।

कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले नेपालको अर्गानिक उत्पादन विश्व बजारमा प्रतिस्पर्धी क्षमताको रहेको बताउदै उत्पादन विविधीकरणमा जोड दिए। नीतिगत सुधार गरेर कृषकलाई सुविधा प्रदान गर्न र आन्तरिक बजार तथा निर्यात बढाउने कार्यमा सरकारले सहयोग प्रदान गर्ने उनले प्रतिबद्धता जनाए ।

नेपालमा ११ लाख हेक्टर जमिनमा उत्पादन गर्न सकिने,१ लाख रोजगारी सृजना गर्न सकिने,ठुलो परिणाममा निर्यातको माग रहेकोे भएपनि सरकारले कफी उत्पादनमा पर्याप्त ध्यान नदिएको सरोकारवालाले बताएका छन। हाल कफी निर्यातमा सरकारले ८ प्रतिशत नगद अनुदान प्रदान गरेको छ भने अन्तर्राष्ट्रिय रूपमा नै भन्सार छुटको व्यवस्था रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend