३असार ,काठमाडौं । भृकुटीमण्डपमा असार १ गतेदेखि ३१ गतेसम्म नेपाली गुणस्तरिय जुत्ता ,चप्पलको मेला संचालनमा रहेको छ ।
नेपाली जुत्ता ,चप्पल तथा छालाजन्य वस्तु र उद्योगहरुको बजार प्रवर्द्धन र उपभोक्ताबिच गुणस्तरिय उत्पादन मार्फत सकारात्मकताको संचार गर्ने उद्देश्यले फुटवेयर व्यापार मेला २०८० को आयोजना गरिएको हो।
विभिन्न १०नेपाली कम्पनीका ३०भन्दा बढी ब्रान्डहरुको सहभागिता रहने प्रदर्शनीले स्वदेशमा उत्पादित जुत्ता चप्पल एउटै छानामुनी उपभोक्ताले एकैपटक अवलोकन तथा खरिद गर्ने अवसर प्रदान गर्ने मेलाका संयोजक गंगा श्रेष्ठले बताएका छन । सहभागी ब्रान्डहरुमा शिखर सुज,रन सुज,भेनस सुज,बाम्बु शुज,शु ल्यान्ड ,वन वर्ल्ड ,पि जि शु,हिमानी शु,बोस शु,र फुट स्टेप शु रहेका छन।
मेला यही असार १ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा संचालनमा रहनेछ । मेलामा रु.२५० देखि रु. ५००० सम्मका जुत्ता चप्पलमा १५% देखि ५०% सम्मको छुट रहेको आयोजकले जनाएका छन। नेपाली जुत्ता ,चप्पल तथा छालाजन्य वस्तु उद्योगहरुले देशको उद्यमशिलता र अर्थतन्त्र लगायत वर्तमान समयमा आईपरेका अप्ठ्यारा अवस्थामा पनि जिवन्तताको सन्देश दिने आयोजकको अपेक्षा रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend