खबरब्रेकिंग,काठमाडौँ , असार ३ गते । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको दुई सय रुपैयाँले बढेको छ ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend