बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

समालोचक मैनालीको समालोचनात्मक कृति ‘दृष्टिः दृष्टिकोण’ एक कार्यक्रमका बीच सार्वजनिक

समालोचक मैनालीको समालोचनात्मक कृति ‘दृष्टिः दृष्टिकोण’ एक कार्यक्रमका बीच सार्वजनिक

खबरब्रेकिंग, काठमाडौं,असार २ गते । समालोचक युवराज मैनालीको समालोचनात्मक कृति ‘दृष्टिः दृष्टिकोण’ एक कार्यक्रमका बीच सार्वजनिक भएको छ ।मुक्तिनाथ दर्शन साहित्य समाजको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कवि बैरागी काइँलाले कृति सार्वजनिक गरे । कवि काइँलाले समालोचना विधा आफंैमा कठिन भए पनि सार्वजनिक कृतिले सबै खण्डमा न्याय दिन सकेको बताए । पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा।डा। लेखप्रसाद निरौलाले कृतिकार मैनालीले मुक्तकदेखि महाकाव्यसम्म, लघुकथादेखि उपन्याससम्म र पुरानादेखि नयाँ पुस्ताका कृतिसम्मको समालोचना कृतिमा समेटेको बताए ।
कार्यक्रममा प्रा।डा। खगेन्द्रप्रसाद लुइटेल, प्रा। दिनेशराज पन्त, समाजका अध्यक्ष हरिभक्त सिग्देल महेश, प्रा।डा। कुलप्रसाद कोइराला, रामप्रसाद पन्त, राधेश्याम लेकाली, प्रह्लाद पोखरेल, शम्भु मैनाली, अर्जुनदेव भट्ट, विष्णुप्रसाद पन्तलगायतले बोलेका थिए । सार्वजनिक कृति साझा प्रकाशनले बजारमा ल्याएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend