सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पारिवारिक द्वन्द्वको सामान्य कारणहरू

पारिवारिक द्वन्द्वको सामान्य कारणहरू

भक्त के सी
खबरब्रेकिंग,काठमाडौं,असार १ गते। परिवारमा द्वन्द्व हुन सक्छ जब परिवारका सदस्यहरू फरक फरक विचार पेसाका वा सस्कारबाट हुन्छन जस्ले गर्दा मिल्न असजिलो मान्छन। शान्त परिवार, सुखी परिवार , शान्तिपूर्ण समाधान भनेको वार्ता र अर्को व्यक्तिको दृष्टिकोणको सम्मानमा गर्नु हो , बेमेलका कारणहरु , सम्मान नगर्नु,अहंकारीहुनु , स्वार्थीबन्नु, दृस्टीभ्रम हुनु , नकारात्मक व्यवहारगर्नुले जब मानिसहरूले एकअर्कालाई गलत तरिकाले बुझ्छन् र गलत निष्कर्षमा पुग्छन्। शान्तिपूर्ण रूपमा समाधान नहुने विवादका मुद्दाहरूले विवाद र असन्तुष्टि निम्त्याउन सक्छ। बेलाबेलामा एकअर्कासँग असहमत हुनु स्वभाविक हो । कहिलेकाहीं झगडा पारिवारिक जीवनको भाग हो। यद्यपि, निरन्तर द्वन्द्व तनावपूर्ण र सम्बन्धलाई हानिकारक हुन सक्छ। केही व्यक्तिहरूलाई आफ्ना भावनाहरू व्यवस्थापन गर्न गाह्रो हुन्छ र जानाजानी चोट पुर्याउने, आक्रामक वा हिंसक बन्न सक्छ। पारिवारिक सम्बन्ध सुमधुर सम्बन्धको केहि बिकल्प छैन। सकारात्मक सोच लचिलो ब्यबहार तरिका कुराकानी एक अर्कालाई सम्मान , वफादारी , र सकारात्मक कुराले द्वन्द्व कम गर्न मद्दत गर्न सक्छ ताकि परिवारका सदस्यहरू शान्तिपूर्ण समाधानमा पुग्न सक्छन्। यसको मतलब ,अर्थ सामान्यतया सबैजना सम्झौतामा सहमत छन् शान्त हुन सहमत छन् भन्ने बुजिन्छ। कहिलेकाहीँ, बलियो भावनाहरू वा सम्बन्धहरूमा उपस्थित हुन सक्ने शक्ति असंतुलनहरू समाधान गर्न गाह्रो हुन्छ र केवल एक परामर्श स्थितिमा सम्बोधन गर्न सकिन्छ।
पारिवारिक द्वन्द्वको सामान्य कारणहरू
वार्ता गर्न राजी नहुनु बोलचाल बन्ध गर्नु, अरुको कुरा सुन्ने प्रयास नगर्नु, घरको मुख्य व्यक्तिको सल्लाह नमान्नु , व्यावसायिक सल्लाहनगर्नु , पारिवारिक साजेदारी ले फाइदा बेफाइदा अड्कल गर्न नसक्नु , घरका कुरा बाहिर गर्नु , बिनाकारण अरुसंग नज्दिग हुनु ,कहाँ मद्दत लिने नलिने , कसले सहि राय दिन्छ न बुज्नु , नै मुख्य कारण छन्। परिवारको मुख्य व्यक्तिको अबमुल्य गर्नु नै दरार उत्पन्न गर्छ। पारिवारिक समाज , व्यापार भन्नाले सँगै कामगर्ने सँगैबस्ने, खुशीसाथ जीवन वापन गर्नु हो। बेलाबेलामा एकअर्कासँग असहमत हुनु स्वभाविक हो । कहिलेकाहीं झगडा पारिवारिक जीवनको भाग हो। यद्यपि, निरन्तर द्वन्द्व तनावपूर्ण र सम्बन्धलाई हानिकारक हुन सक्छ। केही व्यक्तिहरूलाई आफ्ना भावनाहरू व्यवस्थापन गर्न गाह्रो हुन्छ। सहनसिलता नै मुख्य मार्ग हो। आज नबूजे अर्को दिन बुज्ने कुरा हुन्छन। कहिलेकाहीँ, भावनात्मक सम्बन्धहरूको बिषेस रुपमा ख्याल पुर्याउनु पर्छ। परिवार भनेको एक भावनात्मक जीवन हो। सामान्यतया, हाम्रो पहिलो क्रोधित आवेग भनेको म सही छु , भन्ने घमण्ड हो, एकोहोरो बिन्दुलाई धकेल्नु र कुनै पनि मूल्यमा तर्क जित्नु हो। शान्तिपूर्ण समाधान खोज्न गाह्रो हुन सक्छ, जब दुवै पक्ष जिद्दीपूर्वक आफ्ना कुरा असमजमा अडिग छन् भने , यदि सबैले परिवारको रूपमा एक अर्काको कुरा सुन्ने र वार्ता गर्ने प्रयास गर्ने निर्णय गरेमा यसले मद्दत गर्दछ समस्याको समाधान प्राप्त हुन्छ।
घरयासी पारिवारिक समस्यालाई व्यक्तिबाट अलग गर्ने प्रयास गर्नुपर्छ साझा समस्याको रुपमा लिनु पर्छ। यदि तपाईलाई शान्तसँग कुरा गर्न धेरै रिस उठेको छ भने पहिले आफुलाई शान्त गर्ने प्रयास गर्नुहोस्। मनमा राख्नुहोस् कि विचारले द्वन्द्व समस्याको समाधान गर्ने हो, तर्क गरेर जित्ने होइन। याद गर्नुहोस् कि अर्को पक्ष सधैं सबै कुरामा तपाईंसँग सहमत वा असहमत हुन बाध्य छैन। तर्क दुवै पक्ष्यको जीत(जित, विन(विन स्थितिको हुनु पर्छ। कुरा ध्यान दिएर र सुनेर अर्को व्यक्तिको दृष्टिकोणलाई आदर गर्नुहोस्।समस्यको समाधान मिलेर खोज्नु पर्छ। स्पष्ट र तर्कसंगत कुरा गर्नु हेपेर कुरा गर्ने होइन विचार सहयोगी उपयुक्त हुनु पर्छ ।साझा सहकार्यको आधारहरु बिन्दुहरू फेला पार्न प्रयास गर्नुहोस् ,सहमतिबाट हुने फाइदा मुख्य लक्ष्य हो।
सुन्ने प्रयास गर्नुहोस , द्वन्द्व बढ्न सक्छ जब संलग्न व्यक्तिहरू एकअर्काको कुरा सुन्न धेरै क्रोधित हुन्छन्। गलतफहमी आगोमा तेल हो तर्क सुझावहरू राम्रा विचार धारणाले मात्र सफल भइन्छ। सदैब शान्त रहन प्रयास गर्नुपर्छ ।व्यक्तिगत भावनाहरूलाई अलग राख्न प्रयास गर्नुपर्छ ।अर्को व्यक्ति बोल्दै गर्दा अवरोध गर्नु हुन्न ।
अर्काको कुरा सक्रिय रूपमा सुन्नुहोस् तिनीहरू के भनिरहेका छन् र तिनीहरूले भन्न खोजेको अर्थ के हो। प्रश्नहरू सोधेर तपाईंले तिनीहरूलाई बुझ्नुहुन्छ भने जाँच गर्नु के राम्रो छ । आफ्नो पक्षलाई स्पष्ट र इमान्दारीपूर्वक संवाद गर्नु समाधन निस्किन्छ ।
एकपटक दुबै पक्षले अर्कोको विचार र भावना बुझेपछि, आफूसगै, सँगै समस्याको समाधान गर्न सकिन्छ। पारिवारिक , ब्यबसायी, समस्या मिलेर सुझ्याउने बानि बसाल्नु पर्छ। याद राख्नु पर्ने कुराहरु परिवारमा द्वन्द्व हुन सक्छ जब परिवारका सदस्यहरू फरक विचार वा विश्वासहरू पालेर राख्छन विबेक प्रयोग गरे भने शान्तिपूर्ण समाधान र वार्ता र सकारात्मक दृष्टिकोणको सम्मानमाले निर्णय गर्छ। घरको मुली संग सदैब सहकार्य गर्दा निरन्तर सान्ति प्राप्त हुन्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend