काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई कडा कारवाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिएका छन् । राजधानीमा कृषि र वन विज्ञान शिक्षामा निजीकरण विषयक अन्तरक्रियामा बोल्दै श्रेष्ठले नेपालमा दिन प्रति भ्रष्टाचारले जरा गाडदै गएकोमा चिन्ता समेत व्यक्त गरे । उनले सबै मिलेर भ्रष्टाचारीलाई कारवाही गर्नुपर्नेमा जोड दिए । कम्युनिष्ट सरकार भएका बेलामा सामुदायिक विद्यालय र आंगिक क्याम्पस नै शिक्षाको मूल थलो बन्नुपर्नेमा उनेको जोड थियो । उनी निजीकरणलाई तत्काल अन्त्य गर्न नसकिए पनि यसलाई निरन्तरता दिन नहुने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend