सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

एनसेलसँगको पुँजीगत लाभकर विवादः नेपालले करिब ४५ करोड रुपैयाँ तिर्नुपर्ने

एनसेलसँगको पुँजीगत लाभकर विवादः नेपालले करिब ४५ करोड रुपैयाँ तिर्नुपर्ने

खबरब्रेकिंग,काठमाडौं,जेठ २९ गते। सरकारको हेलचेक्र्याइँले एनसेलसँगको पुँजीगत लाभकर विवादसम्बन्धी मुद्दामा नेपालले करिब ४५ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ । एनसेलसँग सरकारले मुद्दा जितेर करिब १ खर्ब रुपैयाँ जोगिए पनि मध्यस्थकर्ता नियुक्तिमा ढिलाइ, आइसिएसआइडीले दिएको आदेशलाई कार्यान्वयन गर्न अटेर गर्नेलगायत कारण नेपालले एनसेललाई करिब ४५ करोड रुपैयाँ तिर्नुपर्ने भएको हो ।
एनसेलको माउ कम्पनी आजियटा ग्रुपले सरकारले निर्धारण गरेको कर न्यायोचित नभएको भन्दै सर्वोच्च अदालत हुँदै लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आइसिएसआइडी) मा मुद्दा दायर गरेको थियो । आइसिएसआइडीले मध्यस्थकर्ता नियुक्त गर्न नेपाल सरकारलाई सन् २०१९ को फेब्रुअरीमा पत्राचार गरे पनि सरकारले मध्यस्थकर्ता नियुक्त गर्न बेवास्ता गर्दै प्रत्युत्तरसमेत दिएको थिएन । सरकारमा बसेका उच्च राजनीतिक नेतृत्वले एनसेलसँगको मिलेमतोमा मध्यस्थकर्ता नियुक्त नगरेर, समयमा जवाफ नफर्काएर आलटाल गरेका कारण सरकारले क्षति बेहोर्नुपरेको कानुनका जानकार डा नारायण कँडेलले बताए । बेलायतमा कानुनको अध्ययन गरेका कँडेलले तत्कालीन सरकारी अधिकारीको हेलचेक्रयाइँ र मिलेमतोको कारण नेपालले रकम तिर्नुपर्ने अवस्था आएको बताए । ुसमयमा मध्यस्थकर्ता नियुक्त नगरेर प्रत्युत्तरसमेत नलगाउँदा नेपालले जरिवाना तिर्नुपर्‍यो,ु कँडेलले भने । आजको नागरिक दैनिकमा समाचार छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend