सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नक्कली भुटानी शरणार्थी काण्ड विश्वव्यापी समाचार बन्यो

नक्कली भुटानी शरणार्थी काण्ड विश्वव्यापी समाचार बन्यो

भक्त के सी

खबरब्रेकिंग,काठमाडौं,जेठ २८ गते ।भ्रष्ट गतिविधि र जोखिम उजागर कसले गर्नु पर्ने ? सप्रमाण अदालतमा कति छन भ्रष्टाचारका मुद्दाहरु ? सार्वजनिक क्षेत्रलाई इमान्दार, कैले बनाउने , बन्ने नेताहरुलाई पारदर्शी र जवाफदेही बनाउने कि नबनआउने राष्ट्र खोक्रो हुदा समेत चुस्न छोडेनन् देशका परजीवी ब्यक्तित्यो ले , व्यक्ति(व्यक्ति सम्पर्क मार्फत आयात गरिएको बादले सक्ने भयो रास्ट्रको स्वाभिमान कैले सम्म हुन्छ बेइमानि को अभ्यास अब बन्द गर, सार्वजनिक क्षेत्रका कर्मचारीहरूले सार्वजनिक हितमा काम गर्ने सुनिश्चित हुनु पर्यो। सार्वजनिक क्षेत्रमा पत्ता लागेको र जाँच नगरिएको भ्रष्टाचारले सरकारमाथिको जनविश्वासलाई कमजोर पार्ने र आर्थिक सहित गम्भीर क्षति पुर्‍याउन सक्छ। सार्वजनिक स्रोत र पैसा बर्बाद छ ,गाउँ कार्यपालिकाको कार्यालय देखि महानगर पालिका सम्म बेथिति छ। वडा कार्यालयका प्रमुख ब्यक्ति वडाध्यक्ष नै घुससहित पक्राउ, स्थानीय तहका प्रतिनिधिविरुद्ध अख्तियारमा २० हजार उजुरी, मेयरसहित ३९ जनप्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा छन। कार्यकालको उत्तरार्द्धमा आइपुग्दासम्म अख्तियारले ३९ जनप्रतिनिधिविरुद्ध त भ्रष्टाचार तथा अनियमितताको मुद्दा नै चलाएको छ । ‘गाउँगाउँमा सिंहदरबार भनियो, नराम्रा काम सबै गाउँ गए,’ नाम मात्रै सिंहदरबार भएको छ। मालपोत, नापी, कर, शिक्षा, स्वास्थ्य, विद्युत, यातायात, खानेपानी कार्यालयहरूमा भ्रष्टाचार ह्वातै बढ्यो । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार, सुरक्षा, सडकमा स्थानीय सरकार चरम भ्रष्टाचार गरिरहेको छ ।देशको जिम्मेदार नेताले नै सरकारी जग्गा आफ्नो नाममा हालेको घटना पनि बाहिरियो । सिंहदरवार भित्र पनि आफन्तबाद हाबी भएको देख्न सकिन्छ । हरेक काममा सिंहदरवारका आसेपासे हरू मात्रै भर्ना गरिएका छन ।
नक्कली भुटानी शरणार्थी काण्ड विश्वव्यापी समाचार बनेको छ। देशलाई तरंगित बनाएको छ, यो अत्यन्त लज्जास्पद छ ।उपल्लो तह तप्काका कर्मचारी र बरिस्ठ नेता समेतको मिलो मतोमा राष्ट्रघात भै रहदा कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाले सही र न्यायिक निर्णय गर्नु आवश्यक छ। दोसीले सजाय पाउनु पर्छ भन्ने नागरिक को माग हो ।

निरीक्षण प्रणाली र पारदर्शी निर्णय प्रक्रिया मार्फत जवाफदेहिता स्थापना गर्नु सरकारको दयित्यो हो। रास्ट्रको अखण्डतालाई असर गर्ने सबै संघीय अपराधहरूको अनुसन्धान र अभियोजनको निरीक्षण गर्नु गराउनु पर्छ ।भ्रष्ट आचरण पत्ता लगाउन र अनुसन्धान गर्नुपर्छ । भ्रष्ट आचरणको घटनालाई अनुमति दिने, प्रोत्साहित गर्ने वा निम्त्याउने कामका कुनै पनि विधि, अभ्यास वा प्रक्रियाहरू पहिचान गर्नु पर्छ । सबै अनुसन्धानका लागि राम्रो अभ्यास दृष्टिकोण सुनिश्चित गर्नुपर्छ । एक कुशल र प्रभावकारी उजुरी ह्यान्डलिंग सेवा कायम राख्नुसक्नु पर्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend